चलचित्र क्षेत्रमा नातावाद
rajdhanidaily.com · Mon Jul 15 23:45:14 UTC 2024
नेपाली चलचित्रका नायक बिराज भट्टले निर्देशन गरेको चलचित्र १२ गाउँमा उनकै छोरा समिर भट्ट पहिलोपटक नायक भएर देखा पर्ने भएका छन् । नेपाली चलचित्र क्षेत्रमा पनि बलिउड चलचित्र क्षेत्रमा जस्तै कलाकर्मीहरूका सन्तानहरूले अभिनय गर्ने बढिरहेको देखिन्छ । यसभन्दा पहिले पनि थुप्रै स्टार किडहरूले चलचित्रमा प्रवेश गरिसकेका छन् भन्दा पनि फरक नपर्ला । त्यसो त पछिल्लो समयमा नेपाली चलचित्रमा नातावादले जरा नै गाडेको छ । नेपालमा चलचित्रको निर्माण बढेसँगै आफन्तलाई कलाकार बनाउन चलचित्र बनाउनेहरूको भीड नै देखिन्छ । कलाकर्मीदेखि कलाकारदेखि सञ्चारकर्मीहरूसमेतले आफन्तका लागि चलचित्रमा लगानी गर्ने गरिरहेका छन् । नेपाली चलचित्र क्षेत्र (कलिउड) मा नातवाद कृपावाद मात्र नभइ राजनीतिमा जस्तै गुटबन्दी पनि रहेका छन् । कतिपयले चलचित्र बनाउँदा आफ्ना गुटका कलाकारहरूलाई मात्र अभिनय गराउने गरिरहेका छन् ।
चलत्रित्रकर्मी र राजनीतिज्ञहरू एउटै सिक्काका दुईवटा पाटा हुन् भन्दा फरक नपर्ला
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)