मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

barnanmedia.com · Fri Feb 13 22:32:22 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गरेका छन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ आउने साधुको बिदाइमा दिइने सामग्री एकादशीका दिन बिहान सङ्कल्प गर्ने परम्परा छ ।

सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिएको गुठी संस्थानका प्रवक्ता एवं कानुन अधिकृत जनक पोखरेलले राससलाई जानकारी दिनुभयो । सङ्कल्प गरिएको सामग्री मूल साधुलाई दिने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)