मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मुर्माटप (राराताल सँगैको पर्यटकीय क्षेत्र) मा फोरजी सेवा सञ्चालन सम्बन्धमा

ajakoartha.com · Tue Jun 30 07:38:00 GMT 2026

काठमाडौं- नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । हिजो (२०८३ असार १५) देखि सो सेवा शुभारम्भ भएको हो ।

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल, विभिन्न हिमशृंखला तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)