सेबोन अध्यक्षको प्रतिबद्धता : बजार सुधार, सर्ट सेलिङ र नयाँ धितोपत्र ऐन ल्याइने
bishowkhabar.com · Tue Aug 11 05:14:40 GMT 2026

काठमाडौं– लगातारको गिरावटसँगै नेप्से परिसूचक २,६५० को हाराहारीमा झरेको र बजार आफ्नो उच्च विन्दु ३,२२७ बाट करिब १८ प्रतिशतले घटेको अवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल शेयर बजार लगानीकर्ता सङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको छलफलमा बोर्डका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हकहित संरक्षण र बजारको पारदर्शिता आफ्नो प्राथमिक जिम्मेवारी भएको बताए । उनले नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए अध्यादेशमार्फत भए पनि पुराना कानुनी जटिलता समाधान गर्न आफू तयार रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)