मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखराको उड्ने प्याराग्लाइडिङको शुल्क निर्धारण, साढे ७ हजारदेखि साढे १२ हजारसम्म लाग्ने

barnanmedia.com · Fri Sep 27 21:53:49 UTC 2024

पोखराको आकाशमा उड्ने प्याराग्लाइडिङको शुल्क निर्धारण गरिएको छ । नेपाल हवाई खेलकुद संस्थाले नयाँ शुल्क निर्धारण गरेको हो । उडानको समय हेरेर शुल्क तिर्नुपर्ने भएको छ । १५ देखि ३० मिनेटसम्म संस्थागत मूल्य ७ हजार ५०० र अधिकतम बजार मूल्य ८ हजार ५०० रुपैयाँ तोकिएको छ भने ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार २५० र अधिकतम मूल्य १२ हजार ७५० रुपैयाँ तोकिएको हो ।

यसअघि सामान्य उडानको १२ हजार र क्रस कन्ट्री फ्लाइटको १८ हजार रुपैयाँ शुल्क तोकिएको थियो । ‘एक घण्टा भनेको क्रस कन्ट्री हो । यो सधैँ उडान हुँदैन । मौसम लगायत धेरै कुरा जोडिन्छ,’ नाका अध्यक्ष अनिल केसीले भने, ‘८ महिना अघिको भन्दा अहिले तोकिएको शुल्क निकै कम छ । त्यो बेला १२ हजार घटाएर अहिले अधिकतम ८ हजार तोकिएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)