चिनीको भाउ बढ्न थालेपछि भारतले ऊखुबाट इथानोल उत्पादन बन्द गर्न सक्ने
ratopati.com · Tue Aug 11 05:19:20 GMT 2026

नयाँ दिल्ली । हालैका दिनहरूमा भारतमा चिनीको भाउ निरन्तर बढिरहेको छ । घरेलु बजारमा चिनीको उपलब्धता बढाउन अनि मूल्य नियन्त्रण गर्न केन्द्र सरकारले नयाँ सिजनमा ऊखुबाट इथानोलको उत्पादनमा सीमा तोक्ने वा अस्थायी रोक लगाउनेबारे विचार गरिरहेको समाचारमा उल्लेख छ ।
अक्टोबरदेखि शुरु हुने चिनीको नयाँ सिजनका लागि यस्तो कदम चाल्नेबारे सरकारले छलफल गरिरहेको बताइएको छ । सरकारले घरेलु बजारमा चिनीको उपलब्धता बढाउन र मूल्यलाई कीर्तिमानी स्तरमा उक्लिनबाट रोक्न यस्तो गर्ने ठानिएको छ । यसका लागि इथानोलको उत्पादनमा हेरफेरबारे विचार भइरहेको सरकार र उद्योगसँग सम्बद्ध स्रोतले बताएको भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)