मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

gorkhapatraonline.com · Mon Oct 12 18:08:20 GMT 2026

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले विभिन्न चार मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावितहरूको सुनुवाइ सम्पन्न गरेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा आज बसेको बैठकले भारतका लागि प्रस्तावित डा निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित चरिनजङ्ग थापा र संयुक्त अधिराज्यका लागि राजदूत पदमा प्रस्तावित गौरव शमशेर जबराको सुनुवाइ सम्पन्न गरेको हो ।

बैठकमा प्रस्तावित चारै जना राजदूतले आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने सांसदहरूले जिज्ञासा राख्दै प्रतिप्रश्न गर्नुभएको थियो । सो अवसरमा प्रस्तावित राजदूतहरूले सम्बन्धित मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने, द्विपक्षीय सम्बन्ध विस्तार गर्ने, द्विपक्षीय संयन्त्रको क्रियाशीलता बढाउने, द्विपक्षीय व्यापार र कनेक्टिभिटी सुधारलगायत विषयमा पहल गर्नका लागि आफ्ना योजना प्रस्तुत गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)