ढलमा मोटरसाइकलसँगै शव
rajdhanidaily.com · Tue May 31 00:55:53 GMT 2022
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा एक युवक मृत फेला परेका छन् । गोदावरी नगरपालिका–६ लेले पीआईए पार्कनजिकै सडकबाट १० फिट तल ढल खनेको स्थानमा मृतक फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
मृत्यु हुनेमा गोदावरी–११ चापागाउँका ३४ वर्षीय विज्ञान देशार रहेको परिसर प्रवक्ता एवं प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार देशारको शवसँगै उनैले चलाएको मोटरसाइकल पनि ढल खनेको खोचमा भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)