नयाँ ऐन वा अध्यादेश ल्याएरै भए पनि सेयर बजारका समस्या सुल्झाउँछु - सेबोन अध्यक्ष
arthasansar.com · Tue Aug 11 04:55:04 GMT 2026

लगातारको गिरावटसँगै नेप्से परिसूचक २,६५० को हाराहारीमा झरेको र बजार आफ्नै उच्च विन्दु (३,२२७) बाट करिब १८ प्रतिशतले ओर्लिएको पृष्ठभूमिमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ । नेपाल सेयर बजार लगानीकर्ता सङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको गम्भीर छलफलका क्रममा बोर्डका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हक(हित संरक्षण र बजारको पारदर्शिता नै आफ्नो प्राथमिक जिम्मेवारी भएको बताए ।
उनले विद्यमान कानुनी जटिलता फुकाउन नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए अध्यादेश ल्याएरै भए पनि पुराना समस्या समाधान गर्न आफू तयार रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)