सद्भाव र्यालीपछि गोलबजारमा खुल्दै पसल, आजदेखि बजार नियमित सञ्चालन हुने
kalakarmi.com · Tue Aug 11 05:31:12 GMT 2026

सिरहा- सुनसरी घटनाको विरोधमा गत बिहीवार गोलबजारमा भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएपछि बन्द रहेका पसलहरू आज मंगलवारदेखि पुनः सञ्चालनमा आउने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवको पहलमा व्यवसायीहरूसँग भएको छलफलपछि बजार खोल्ने सहमति जुटेको हो । प्रदर्शनका क्रममा व्यवसायीका पसल तथा विभिन्न संरचनामा क्षति पुगेपछि त्यसको विरोधमा केही व्यवसायीले पसल बन्द राख्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)