मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

२५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरु

barnanmedia.com · Fri Sep 27 22:14:29 UTC 2024

काठमाडौँ, ११ असोज : काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरु भएको छ । काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वल्ड (मेलो)’ को संयुक्त आयोजनामा आजदेखि तीनदिने सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा विभिन्न देशका एक सय २० र नेपालका ८० गरी दुई सय जनाको सहभागिता रहेको र तीन दिनमा विभिन्न विषयका एक सय २० वटा कार्यपत्र प्रस्तुत हुने कार्यतालिका रहेको सम्मेलनका मिडिया तथा प्रचार संयोजक डा काशिराज पाण्डेले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)