श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्ष लुम्बिनी भ्रमणमा, उपाध्यक्ष डा लामाद्वारा भव्य स्वागत
barnanmedia.com · Fri Sep 27 22:12:27 UTC 2024

काठमाडौँ, ११ असोजः श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । आज लुम्बिनी पुग्नुभएका उहाँलाई कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गर्नुभयो ।
भेटमा उपाध्यक्ष डा लामाले श्रीलङ्कासँग नेपालको सम्बन्ध निकै पुरानो रहेको स्मरण गर्दै बुद्धजन्मस्थल लुम्बिनीले उक्त सम्बन्ध थप प्रगाढ बनाएको बताउनुभयो । डा लामाले लुम्बिनी क्षेत्रमा शाक्यमुनि बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीनवटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)