होर्मुजबारे वार्ता जारी रहँदा ट्रम्पले इरानसँग मागे ५० वर्षको क्षतिपूर्ति
annapurnapost.com · Tue Aug 11 05:44:35 GMT 2026

अमेरिका : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्ति माग गरेका छन् । तेहरानले अमेरिकाबाट युद्ध क्षतिपूर्ति प्राप्त भएपछि मात्रै होर्मुज जलडमरूमध्य पुनः खोल्ने शर्त राखेपछि ट्रम्पले इरानबाटै क्षतिपूर्ति माग गरेका हुन् ।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले विगत ५० वर्षमा पुर्याएको क्षतिको क्षतिपूर्ति अमेरिकाले माग्ने बताएका छन् । उनले तेहरानको मागको जवाफस्वरूप आफूहरूले यस्तो कदम चाल्ने संकेत दिएका हुन् । इरानले अमेरिकाले युद्ध क्षतिपूर्ति दिनुपर्ने र प्रतिबन्धहरू हटाउनु पर्ने माग गर्दै आएको छ । यी शर्त पूरा नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने तेहरानको अडान छ । अमेरिकी–इजरायली युद्धअघि विश्वभर प्रवाह हुने कुल तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचमध्ये एक हिस्सा यही जलडमरूमध्य हुँदै जाने गर्थ्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)