७५ वर्षीया सार्की मृत भेटिएपछि एकल ज्येष्ठ नागरिकको सुरक्षामा चिन्ता
barnanmedia.com · Tue Aug 11 05:40:16 GMT 2026

लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आउनुभएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिनुभएको छ । कोठाको खाटमुनि भेटिएको उहाँको शवको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।
घरमा कोठा भाडामा लिएर बस्दै आएका व्यक्ति कामको खोजीमा बाहिर गएका बेला सार्की मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँ घरमा एक्लै भएका बेला दिउँसै हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)