मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको ऊर्जा युद्धविराम घोषणामाथि प्रश्न, रुसी आक्रमण जारी रहेको युक्रेनको दाबी

barnanmedia.com · Mon Oct 12 19:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने उद्देश्यले ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गर्नुभएको छ । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घोषणापछि पनि रुसी आक्रमण जारी रहेको बताउनुभएको छ ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत युद्धविराम तत्काल लागू भएको जानकारी दिँदै दुवै पक्षलाई सहमतिको सम्मान गर्न आग्रह गर्नुभएको थियो । उहाँले आफ्नो सन्देशमा युद्धविराम उल्लङ्घन नगर्न चेतावनीसमेत दिनुभएको थियो । यद्यपि, सहमतिको अवधि, कार्यान्वयन प्रक्रिया तथा निगरानी व्यवस्थाबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन । रुसी पक्षबाट पनि घोषणालगत्तै आधिकारिक प्रतिक्रिया आएको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)