अटोमोबाइल क्षेत्रलाई उच्च प्राथमिकता दिन परिसंघ अध्यक्ष पाण्डेको आग्रह
bishowkhabar.com · Tue Aug 11 05:51:19 GMT 2026

काठमाडौं– नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले अटोमोबाइल क्षेत्र उद्योग, व्यवसाय, प्रविधि र उपभोक्तालाई जोड्ने महत्त्वपूर्ण मञ्च भएको बताए । यस्ता प्रदर्शनीले नयाँ प्रविधिको जानकारी गराउनुका साथै भविष्यका सम्भावनालाई उजागर गर्ने उनले विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)