नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य
newsofnepal.com · Tue Aug 11 05:57:36 GMT 2026

काठमाडौं ।
घरमै स्वास्थ्य सेवा प्राप्त गर्न चाहने व्यक्ति तथा बिरामीको सेवालाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड र हेल्थ एट होम संस्थाबीच सहकार्य गरिएको छ । अब घरमै स्वास्थ्यसेवा प्राप्त गर्न चाहने बिरामीहरुलाई नर्भिक अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्नेछन् । सेवा प्राप्त गर्नका लागि बिरामीहरुले हेल्थ एट होमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)