मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

barnanmedia.com · Mon Jul 15 23:45:41 UTC 2024

काठमाडौँ, १ साउन : कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन् ।

खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताउनुभयो । “प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेको छन्”, उहाँले भन्नुभयो, “स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते हुनुभएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)