सीई कन्ट्रक्सनलाई दोहोरो धितो खडा गर्न नेपाल एसबीआई बैंकको साथ !
ratopati.com · Tue Aug 11 06:12:18 GMT 2026

काठमाडौँ । निर्माण कम्पनी सीई कन्ट्रक्सनलाई नेपाल एसबीआई बैंकले वित्तीय अपराधमा साथ दिएको आरोप लागेको छ । बैंकको सहयोगकै कारण अहिले ललितपुरको हात्तीवनमा हाउजिङ खरिद गरेका कैयन सर्वसाधरण तनावमा छन् ।
घरजग्गा खरिदकर्तालाई लालपुर्जा नदिएर विचल्लीमा पार्ने ‘सीई कन्ट्रक्सन’ लाई नेपाल एसबीआई बैंकले 'दोहोरो धितो' खडा गर्न सघाएको आरोप लागेको हो । पीडितहरूले हाउजिङको सम्पूर्ण रकम सीई कन्ट्रक्सनलाई बुझाइसकेका छन् भने विगत ७ वर्षदेखि त्यहीँ बसोबास पनि गरिरहेका छन् । नियमानुसार, खरिदकर्ताले पैसा बुझाएपछि परियोजनाको नाममा नेपाल एसबीआई बैंकमा रहेको धितो फुकुवा गरी ग्राहकको नाममा लालपुर्जा पास गरिदिनुपर्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)