मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला

ratopati.com · Mon Oct 12 19:42:04 GMT 2026

बागमती । हेटौँडा उपमहानगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले वडा नं ११ स्थित थाना भर्‍याङमा चार दिने व्यापार मेला आयोजना गरेको छ । आइतबारदेखि सुरु भएको मेलामा स्थानीय कृषि उपज, घरेलु सामग्री तथा विभिन्न वस्तु बिक्रीका लागि राखिएका छन् ।

‘आलीदेखि थालीसम्म’ नारासहित आयोजना गरिएको मेलाले किसान र उपभोक्तालाई एउटै ठाउँमा जोड्ने लक्ष्य राखेको छ । मेलामा किसानले उत्पादन गरेका कृषि उपजदेखि स्थानीय उद्यमीले तयार पारेका सामग्रीसम्म उपलब्ध छन् । दसैँको किनमेलका लागि बजार जाने उपभोक्ताले यहाँ एकै ठाउँबाट विभिन्न सामान खरिद गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)