नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबिच सहकार्य
ratopati.com · Tue Aug 11 06:17:03 GMT 2026

काठमाडौँ । घरमै स्वास्थ्य सेवा प्राप्त गर्न चाहने व्यक्ति तथा बिरामीको सेवालाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड र हेल्थ एट होम संस्थाबीच सहकार्य गरिएको छ । अब घरमै स्वास्थ्यसेवा प्राप्त गर्न चाहने बिरामीहरुलाई नर्भिक अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्नेछन् । सेवा प्राप्त गर्नका लागि बिरामीहरुले हेल्थ एट होमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
उक्त सम्झौताअनुसार अब बिरामीले घरमै होम नर्सिङ, चिकित्सकीय परामर्श, फिजियोथेरापी तथा पुनर्स्थापना सेवा, घरमै ल्याब नमुना संकलन, पोस्ट–अपरेटिभ केयर तथा आवश्यक फलोअप सेवा तथा मासिक हेल्थ चेकअप सेवा प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)