एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि Base Rate ०.५% मा 'इभी अटो कर्जा' सुरु
barnanmedia.com · Tue Aug 11 06:13:35 GMT 2026

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा (NAIMA) अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन (New EV) का लागि आधार दर + ०.५% (Base Rate +0.5% बाट सुरु), को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात र दिगो बैंकिबलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको हो।
अत्यन्तै सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताहरूका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)