लमजुङमा नवौं सुन्दरबजार महोत्सव
ekantipur.com · Fri Mar 03 01:01:28 GMT 2023
लमजुङ — लमजुङको सुन्दरबजारमा नवौं सुन्दरबजार महोत्सव बिहीबारबाट सुरु भएको छ । फागुन २८ गतेसम्म संचालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्दै बजारमुखी बसाइँसराईलाई रोक्न गाउँमा रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए ।
‘मेला महोत्सवले आर्थिक गतिविधि बढाउँछ । अब उत्पादनलाई जोड दिनुपर्छ’ उनले भने, ‘स्वदेशी उत्पादनलाई जोड दिँदै गाउँमा रोजगारी सिर्जना गरिए आत्मनिर्भर भइन्छ ।’ प्रदेश सभा सदस्य डा. टकराज गुरुङले युवाशक्तिलाई विकासमा अग्रसर गराएर समृद्धितर्फ अघि बढ्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)