केन्द्रीय सदस्यमा पराजित भएपछि विमल सुवेदीले भने : परिणाम सहर्ष स्विकार्छु, निष्ठा कायमै रहन्छ
ratopati.com · Mon Oct 12 20:07:27 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मध्यपूर्व क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका विमल सुवेदीले निर्वाचन परिणामलाई सहर्ष स्वीकार गर्दै पार्टीप्रतिको आफ्नो निष्ठा, विचार र प्रतिबद्धता कायमै रहने बताएका छन् । उक्त पदमा पुरुषोत्तम खनाल विजयी भएका छन् ।
खनालले २ हजार ७४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । सुवेदीले १ हजार ७०८ मत, खेमराज बस्नेतले १ हजार ५५३ मत र रितबहादुर कटुवालले १ हजार ९८ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)