मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महिला केन्द्रीय सदस्य (खुला) तर्फ ४,५९१ मत गन्दा कसले कति पाए ?

ratopati.com · Mon Oct 12 20:23:25 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत खुलातर्फको १५ महिला केन्द्रीय सदस्य पदको मतगणनामा हालसम्म कुल ४ हजार ५९१ मत गणना भएको छ । सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार वासना थापाले सर्वाधिक ३ हजार ३३२ मत प्राप्त गरेकी छन् । त्यस्तै उर्मिला थपलियाले २ हजार ५३८ मत र निमा गिरीले २ हजार ५१५ मत प्राप्त गरेका छन् ।

यसैगरी कुसुमदेवी थापाले २ हजार ५७ मत र धना कुमारी खतिवडाले २ हजार ३१ मत ल्याएका छन्। अनिता देवकोटाले १ हजार ८५२ मत, विनिता खड्काले १ हजार ८१८ मत, सृजना अधिकारीले १ हजार ६९४ मत, लक्ष्मी पाण्डेले १ हजार ६८३ मत तथा मुना भुसालले १ हजार ५८१ मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)