दुई वर्षपछि भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकी मुद्दा खारेज
rajdhanidaily.com · Tue Aug 11 07:00:01 GMT 2026

न्युयोर्क । अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा सोमबार औपचारिक रूपमा खारेज गरेका छन् । ट्रम्प प्रशासनले अडानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका संघीय न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको अनुरोध स्वीकृत गरेका हुन् ।
अदालती अभिलेखअनुसार अभियोजकहरूले गत मेमा सन् २०२४ मा अडानीले भारतीय अधिकारीलाई आकर्षक सौर्य ऊर्जा आपूर्ति सम्झौता प्राप्त गर्न २६ करोड ५० लाख अमेरिकी डलर घुस दिने योजनामा संलग्न भएको आरोप खारेज गर्न अनुरोध गरेका थिए । न्यायाधीश गाराउफिसले सोही अनुरोधलाई औपचारिक रूपमा स्वीकृति दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)