सरकारले ७ वर्ष अलपत्र पारेको प्रसारणलाइन निजी क्षेत्रले १९ महिनामै बनायो
clickmandu.com · Tue Jun 30 07:48:01 GMT 2026

काठमाडौं । मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा १९ महिनाभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माण सम्पन्न गरेको हो ।
यस प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनियाँ कम्पनी पिंगाओ ग्रुपले २०७४ साल कात्तिकमा पाएको थियो । तर ७ वर्षभन्दा बढी समय बितिसक्दा पनि कम्पनीले ८४ वटा टावरमध्ये केवल ३५ वटाको फाउन्डेसन र १० वटा टावरको इरेक्सन मात्रै सम्पन्न गर्न सकेको थियो । निर्माणको गति अत्यन्त सुस्त भएपछि नेपाल विद्युत प्राधिकरणले २०८१ साल मंसिर ५ गते उक्त निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)