मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज आउँदै

ekantipur.com · Mon Sep 12 00:36:00 GMT 2022

काठमाडौँ — नेपालमा आम निर्वाचनको तयारी चलिरहँदा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित सोमबार अपराह्न काठमाडौंमा उत्रँदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ ।

चीनका राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । उनी रुस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको टोली विशेष विमानमा नेपाल आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ । ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तेस्रो वरीयतामा पर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)