३२५ किलोवाटको डुअल–मोटर जडित एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’ सार्वजनिक
clickmandu.com · Tue Aug 11 07:30:11 GMT 2026

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’ सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले एमजी ‘यूनाइन’ नाइमा मोबिलिटी एक्स्पोमा उक्त गाडी सार्वजनिक गरेको हो । प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्याएको ‘यूनाइन’ यो एक आधुनिक र आकर्षक लाइफस्टाइल पिकअप ट्रक हो ।
‘यूनाइन’ भित्रिएसँगै नेपाली बजारमा इलेक्ट्रिक पिकअप सेग्मेन्टमा प्रतिस्पर्धा बढ्ने देखिएको छ । नेपाली बजारमा इलेक्ट्रिक गाडीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै, एमजी यूनाइन ईभीले प्रिमियम पिकअप सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने विश्वास प्यारामाउन्ट मोटर्सले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)