संसद् बैठकअघि सभामुखले भेटे प्रधानमन्त्रीलाई, संसद् अवरोध हटाउने विषयमा छलफल
khabarhub.com · Tue Aug 11 07:37:43 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। सभामुख अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।
प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरोध गरिरहेका बेला सदन सञ्चालन सहज बनाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल भएको बताइएको छ। भेटवार्तामा जारी बर्खे अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने, संसद्मा आवश्यक बिजनेस दिने तथा सदनको अवरोध अन्त्य गर्ने उपायबारे छलफल भएको पनि सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)