मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नु पर्छः सीएनआई अध्यक्ष पाण्डे
corporatenepal.com · Tue Aug 11 07:36:19 GMT 2026

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र पाण्डेले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताएका छन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । उनले अटोमोबाइल क्षेत्र केवल सवारीसाधनको बिक्रीमा सीमित नभई निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बिमा, पर्यटन तथा यातायातलगायत अर्थतन्त्रका विभिन्न क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)