‘केएमसी जब फेयर–२०२६’ सम्पन्न, १५० भन्दा बढी विद्यार्थी रोजगारीमा छनोट
kendrabindu.com · Tue Aug 11 07:42:33 GMT 2026

काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी), बागबजारमा आयोजित ‘केएमसी जब फेयर–२०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थी तथा युवालाई रोजगारदातासँग प्रत्यक्ष जोड्ने उद्देश्यले आयोजित रोजगार मेलामा ४७ ओटा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो।