निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग
ajakoartha.com · Tue Aug 11 07:43:00 GMT 2026

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै बेलायती गोर्खा तथा गैरआवासीय नेपाली संघ, बेलायत र विश्वभर रहेका नेपाली समुदायको तर्फबाट यस्तो माग गरेका हुन् । पत्रमा निर्मल पुर्जाको असाधारण योगदानलाई नेपाल सरकारले औपचारिक रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)