हर्मुज खोल्न जर्मनीको आग्रह
ratopati.com · Tue Aug 11 07:49:19 GMT 2026

बर्लिन । इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच हर्मुजको जलघाँटीको सुरक्षा, त्यहाँको आवागमन तथा जारी द्वन्द्व अन्त्य गर्ने उपायबारे फोनवार्ता भएको छ। वार्ताका क्रममा जर्मनीले सबै जहाजका लागि सुरक्षित तथा स्वतन्त्र आवागमन सुनिश्चित गर्न कुनै सर्तबिना हर्मुजको जलघाँटी खुला राख्न आग्रह गरेको छ।
इरानी विदेशमन्त्री अराघचीले जलघाँटीमा सुरक्षा कायम गर्न अमेरिकी सैन्य कारबाही रोकिनुपर्ने बताएका छन्। उनले अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गरेको आरोप लगाउँदै त्यस्तो कारबाही जारी रहेसम्म जलमार्गको सुरक्षा सुनिश्चित गर्न कठिन हुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)