कांग्रेस सांसदको गुनासो- लिखित रूपमा निवेदन दिँदा पनि प्रधानमन्त्रीले भेट्न समय दिनुभएन
nepalpress.com · Tue Aug 11 07:50:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर सुवार प्रधानमन्त्री बालेन शाहले भेट नदिएको गुनासो गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै लिखित रूपमा माग गर्दा पनि प्रधानमन्त्रीलाई भेट्न नपाएको बताए।
उनले भने, ‘मैले भेट्ने समय माग्दै चैत्र २१ गतेबाट लिखित निवेदन उहाँका स्वकीयको हातमा थमाएको थिएँ। तर आजसम्म पनि भेट्ने मौका पाइनँ। तपाईँ कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू? यो समग्र सुदूरका जनता र अछामका जनतालाई माथि गरेको अपमान हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)