राष्ट्रिय भेला स्थगित भएको छैन, विज्ञप्ति फेक हो : विश्वकर्मा
barnanmedia.com · Tue Aug 11 07:52:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजक समितिले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा हुन गइरहेको पार्टीको राष्ट्रिय भेला स्थगित नभएको प्रस्टीकरण दिएको छ। आयोजक समितिका संयोजक डा. कोइरालाको नाममा कार्यक्रम स्थगित भएको भन्दै विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएपछि आयोजक समितिले भेला स्थगित नभएको बताएको हो ।
आयोजक समिति अन्तरगतको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले भेला स्थगित नभएको तर, बजारमा फर्जी विज्ञप्ति छ्यापछ्याप्ती रहेको भन्दै आपत्ति जनाएका हुन् । कांग्रेसको आधिकारिकता सम्बन्धमा अदालतबाट मुद्दाको पुनरावलोकन आदेशपछि हताश मानसिकतामा संस्थापन पक्षबाट यस्तो गतिविधि भएको आरोप नेता विश्वकर्माले लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)