अनसनरत विनय यादवको स्वास्थ्यप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण
reportersnepal.com · Tue Aug 11 07:58:10 GMT 2026

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले देवानगञ्ज घटनाको निष्पक्ष छानबिनको माग गर्दै अनसनरत विनय यादवको स्वास्थ्यप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै १२ दिनदेखि अनसनमा रहेका यादवको स्वास्थ्य चिन्ताजनक रहेको भन्दै जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले माइतीघरस्थित अनसनस्थल पुगेर यादवको स्वास्थ्यबारे जानकारी लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)