कप्तान फेरिँदा नेपाली क्रिकेटको बिग्रिएको लय सुध्रिएला ?
clickmandu.com · Tue Aug 11 08:00:25 GMT 2026
काठमाडौं । नेपाली क्रिकेट यतिबेला एउटा गम्भीर र चुनौतीपूर्ण मोडमा उभिएको छ । एकतर्फ आईसीसी क्रिकेट विश्वकप लिग २ मा लय गुमाउँदा एक दिवसीय मान्यता नै गुम्ने खतरा बढेको छ भने अर्कोतर्फ टोलीभित्रको प्रदर्शनमा उल्लेख्य गिरावट आएको छ ।
यही संकटपूर्ण घडीको बीचमा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको नेतृत्व परिवर्तन गर्ने निर्णय लिएको छ । झण्डै चार वर्षको लामो अन्तरालपछि लेग स्पिनर सन्दीप लामिछानेलाई पुनः एक दिवसीय टोलीको कप्तान बनाइएको छ जसले रोहित पौडेलको सफल तर पछिल्लो समय दबाबमा रहेको कार्यकाललाई औपचारिक रूपमा विश्राम दिएको छ । यससँगै क्रिकेट वृत्तमा एउटा गम्भीर प्रश्न उब्जिएको छ- के केवल मैदानको एउटा पात्र अर्थात् कप्तान फेरिँदैमा नेपाली क्रिकेटले गुमेको लय र उचाइ फेरि प्राप्त गर्ला त ?
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
एसीसी प्रिमियर कप
महिला एसिया कप