तुलसीपुरमा सुनचाँदी पसलमा आगलागी
ekantipur.com · Thu Feb 01 16:35:58 GMT 2024
दाङ — तुलसीपुर उपमहानगरपालिका–५ बीपी चोकस्थित न्यू नेपाल सुनचाँदी पसलमा आगलागी भएको छ ।
बिहीबार बेलुका साढे ७ बजेतिर स्थानीय ३४ वर्षीय ललित गुप्ताको पसलमा आगलागी भएकोमा प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)