मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी विद्रोहले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार तयार पारिदियो : विप्लव

ratopati.com · Mon Oct 06 17:19:00 GMT 2025

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकता बलियो गरी तयार पारिदिएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव चन्दले सो कुरा बताएका हुन् ।

उनले आफ्नो पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अघि सारेको बताउँदै जेनजी विद्रोहले त्यसको आधार तयार पारिदिएको बताए । उनले अग्रज नेताहरूले बन्धन तोड्न तयार भएमा अभूतपूर्व शक्ति निर्माण हुनेमा कुनै शङ्का नरहेको समेत बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)