धान रोप्न खेतमा चलचित्र ‘हली’का कलाकार
rajdhanidaily.com · Tue Jun 30 07:54:42 GMT 2026

काठमाडौं । चलचित्र ‘हली’का कलाकार तथा निर्माण टिमले सोमबार ‘राष्ट्रिय धान दिवस’को अवसरमा ललितपुरको सुनाकोठीमा रोपाइँ गरेका छन् । यो चलचित्र २२ साउनमा रिलिज हुँदै छ ।
चलचित्रका अभिनेता प्रमोद दीप,अभिनेत्री सुजता थापा, कलाकार विद्या कार्की, निर्माताद्धय पूजा गुरुङ, जस्मिन श्रेष्ठसहित टिमले स्थानीय किसानसँग रोपाई गरे । उनीहरूले चलचित्रको गीत पनि प्रस्तुत गरेका थिए । जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मसको सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको निर्माण पक्षले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)