नेकपाको आरोप- सरकारले सेनाको मर्यादा घटायो
nepalpress.com · Tue Aug 11 08:09:04 GMT 2026

काठमाडौं । नेकपाका सांसद गोपाल शर्माले सरकारले सेनाको मर्यादालाई घटाइरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली सेनालाई परिचालन गर्ने संवैधानिक व्यवस्था रहेको बताए।
उनले भने, ‘नेपाली सेनालाई यति सस्तो रूपले, यति सहज रूपले के संवैधानिक व्यवस्थाको आधारमा परिचालन गरिन्छ? सेनाको मर्यादालाई घटाइराखिएको छ, प्रधानमन्त्रीलाई सोध्न चाहेको छु, नेपाली सेना कहिले सुकुम्वासी बस्तीमा दौडिराखेको छ। कहिले सुनसरीका सडकहमा बन्दुक बोकेर गस्ती गरिराखेको छ। यस्तो नेपाली सेनाको मर्यादालाई, नेपाली सेनाको निश्चित जिम्मेवारीलाई यति सस्तो किन बनाइएको छ?’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)