आर रोयलको ‘माया बस्ला है’ सार्वजनिक, युट्युबमा दर्शकको उत्कृष्ट प्रतिक्रिया
kalakarmi.com · Tue Jun 30 07:52:44 GMT 2026

काठमाडौं- गायक तथा र्यापर आर रोयल (रमण खड्गी ) को नयाँ गीत ‘माया बस्ला है’ सार्वजनिक भएको छ । केहि दिन अघि रिलिज गरिएको गीत विभिन्न डिजिटल स्ट्रिमिङ प्लेटफर्मसँगै सुपरस्टार इन्टरटेन्टमेन्टको आधिकारीक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।
‘माया बस्ला है’ सुपरस्टार इन्टरटेन्टमेन्टको दोस्रो म्युजिक भिडियो परियोजना अन्तरगत सार्वजनिक गीत हो । यसअघि कम्पनीले रुथलेसको स्वरमा रहेको ‘नखोज मेरो फाइदा तिमी’ गीत सार्वजनिक गरेको थियो, जसले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)