नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने लक्ष्यसहित इक्यान र आइप्यानबीच रणनीतिक समझदारी
nepalpress.com · Tue Jun 30 07:56:14 GMT 2026

काठमाडौं। नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने तथा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारी (एमओयू) सम्पन्न भएको छ।
समझदारीपत्रमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण केसीले हस्ताक्षर गरेका हुन्। दुवै संस्थाले नेपालमा गुणस्तरीय उच्च शिक्षाको प्रवर्द्धन, शिक्षाको अन्तर्राष्ट्रियकरण तथा नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित गर्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)