मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा
aarthiknews.com

काठमाडौं । मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयबाट गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीको उपस्थितिमा नयाँ कार्यालय उद्घाटन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)