प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह - गुप्तवासमा नबस्नुहोस्, संसद्मा आउनुहोस्
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित हुन र जनप्रतिनिधिहरूको सामना गर्न आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसद् र आफूलाई समर्थन गर्ने दलहरूबाट टाढिँदै गएको टिप्पणी गरेका हुन्।