मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संगीन अवस्थामा धर्म निर्वाह गरिरहेको कर्मचारीतन्त्र

rajdhanidaily.com · Sun Feb 20 23:39:27 GMT 2022

देशमा साँच्चै विकृति बढेको छ । सबैतर्फ केवल केही टाठाबाठाको मात्रै रजगज छ । सर्वसाधारण जनताहरू सुकिलामुकिलाको सुशासनको प्रतिबद्धता सुन्दै गर्दा थकित भइसकेका छन् । तर, सानो सेवा प्राप्त गर्नसमेत ठूलो सास्ती खेप्न विवश भएका छन् । दुर्गममा नजाने, सहरमा राम्ररी सेवा प्रवाह नगर्ने, बिरामीहरूको हुँदैसम्मको शोषण गरी थप बिरामी बनाउने डाक्टरहरू, जस्तोसुकै अपराध गरे पनि शक्तिकेन्द्रसँग नजिक रहेकाहरूलाई संरक्षण दिने प्रहरीहरू, मनपरी भाडा असुल गरी सिन्डिकेट प्रणालीलाई सुदृढ गरी जनतालाई ठगी गर्ने यातायात व्यवसायीसँग मिलिभगत गरी यस्ता कुकृत्यलाई निरन्तरता दिन सहयोग गर्ने अख्तियारवाला, भन्सारमा दस्तुर कम गरी व्यापारीसँग मिलीभगत गर्नेहरू, आम्दानी कम देखाई आयकर छल्न व्यापारीलाई सिकाउनेहरू, अनुभवविहीन राजनीतिज्ञहरूलाई भ्रष्टाचार र अख्तियारको दुरुपयोग गर्न अभ्यस्त बनाउनेहरू, प्रत्येक आर्थिक वर्षको अन्त्यमा वर्षायाम प्रारम्भ भएपछि अत्यन्त न्यून गुणस्तरको सडक निर्माण गर्नेहरू, ससाना कामहरू जस्तैः जग्गाको रजिस्टे«सन पास, नामसारी, नागरिकता प्रमाणपत्रका लागि आवेदन दिनेहरू र अन्यायमा परी न्यायको खोजी गर्दै सदरमुकाम आइपुग्ने सर्वसाधारणलाई दलाल लगाइ दिनेहरू, यी सबै क्रियाकलापबाट जनतालाई दुःख दिई स्थानीय तथा राष्ट्रियस्तरमा तथाकथित टाठाबाठा एवं समाजसेवीलाई मनग्य फाइदा दिलाई आफूसमेत त्यसैबाट आर्थिक तरक्की गर्न उद्यत रहनेहरू, सबै विभिन्न आवरणमा राष्ट्रसेवक कर्मचारी कहलिएका छन् । यिनीहरूको जीवनशैली, कार्यप्रक्रिया र संस्कार नै टाठाबाठालाई रिजाइ दीनदुःखी जनतालाई थप अन्यायमा पार्नुरहेको छ, जसलाई हामी कर्मचारी भनेर चिन्दछौं । त्यसैले यी राष्ट्रसेवकहरू सर्वसाधारण गरिबहरूको झुप्रादेखि ठूलाठूला जिम्मेवारीमा रहेका राजनीतिज्ञ, व्यापारीदेखि उद्योगपतिहरू, सरकारबाहेक अन्य क्षेत्रमा काम गर्नेदेखि समाजसेवा र नागरिक समाजको आवरणमा क्रियाशीलता दिनेहरू, सबैको आलोचनाको पात्र भइरहेका छन् । विभिन्न सञ्चारमाध्यममा कर्मचारीको कार्यशैली’bout खुला आलोचना भएको पाइन्छ । राजनीतिज्ञहरूले आफ्नो असक्षमताका लागि कर्मचारी संयन्त्रमाथि नै दोषारोपण गर्दै आएका छन् । यसले गर्दा सीमित संख्यामा रहेका स्वाभिमानी राष्ट्रसेवक विस्तारै पाखा लाग्दै पेसा परिवर्तन गर्दै निजामती सेवाबाट पलायन हुँदै गएका छन् । परिणामस्वरूप निजामती सेवाभित्र असल कर्मचारीको खोजी गर्दा अपवादका रूपमा मात्रै फेला पर्छ । यो अवस्था सिर्जना हुनुमा कारक तŒवहरूको अन्वेषण गरी उपचार खोज्ने विषयमा राज्य लामो समयदेखि मौनरहेको अवस्था छ । यसको पूर्वाग्रहरहित भई विश्लेषण गर्न जरुरी देखिएको छ ।

आखिर देशको पढेलेखेको र अरूलाई बाटो देखाउने हैसियतमा रहेको समूह नै कर्मचारी हो । तर, कर्मचारी आफैं दिग्भ्रमित भएका हुन् वा यो संयन्त्रलाई यस्तो दूरवस्थामा पु¥याउने संस्कार र पद्धति नै देशले विकास गरिसकेको हो ? अध्ययन जरुरी देखिएको छ । कर्मचारीहरूमा एक थरी १० प्रतिशत काम र ९० प्रतिशत लोकप्रियता हासिल गर्न तल्लीन हुने गर्छन् । यसैका लागि सरकारी स्रोतसाधनको दुरुपयोगसमेत गर्छन् । अर्को वर्ग छ, राजनीतिक वर्ग जेगर्दा खुसी हुन्छ, त्यहीँ मात्र गरी व्यक्तिगत फाइदामा तल्लीन हुने । नेपालमा टे«ड युनियनको नाममा निम्नस्तरका कर्मचारीलाई अनुशासनहीन बनाउने, एउटा मन्त्रालयमा एकभन्दा सचिव राखी प्रशासनिक नेतृत्वलाई अत्यन्त कमजोर बनाउने, सचिवहरूबीच द्वन्द्व गराई व्यक्तिगत हिसाबमा तरक्की गर्नेहरू नेपालको कर्मचारीतन्त्रमा नेतृत्वदायी भूमिकामा रहेका छन् । उनीहरूका चिप्ला प्रस्तुतिबाट राजनीतिज्ञ बुझी नबुझी प्रभावित बन्न पुग्छन् । कर्मचारीहरूको वृत्तिविकास विस्तारै गुणस्तरहीन कर्मचारीले गर्ने दलालीमा निर्भर हुँदै छ । तलबलगायतका सुविधाका विषयमा नेपालको कर्मचारीतन्त्र विश्वमा नै दोस्रो न्यून वेतनभोगीमा पर्न आउँछ । तसर्थ, वैकल्पिक व्यवसाय अवलम्बन नगरी कर्मचारी आफ्नो दैनिकी चलाउन सक्दैनन् । यसै कारण कर्मचारीहरू काममा ढिलो पुग्छन्, छिटै निस्कन्छन् । आफ्नै व्यक्तिगत समस्याले मानसिक द्वन्द्वको सामना गरी रहनुपरेकाहरूले अरूको पीडामा मलमपट्टि गर्न खासै ध्यान पु¥याउन सक्दैनन् । कर्मचारीहरूको अर्को समूह छ, जसले कहिल्यै राजधानी छाड्दैन । शक्तिकेन्द्रसँग नजिक रहेको परिवारबाट आएको हुन्छ । देशविदेशमा भ्रमण गर्ने थुप्रै अवसर प्राप्त गर्छ, हैसियतभन्दा बढी सरकारी सुविधाको उपयोग गर्छ । पुरस्कार, विभूषण, अलंकारहरू यिनीहरूले नै प्राप्त गर्छन् । यो दृश्य हेर्दा हेर्दै अन्य पहुँच नभएकाहरूमा निराश र वितृष्णा पैदा हुन्छ, यस्तै निराश कर्मचारी मोफसलमा प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यमा संलग्न भएका हुन्छन् । कुण्ठा पालेका वर्गले जनतालाई सेवा प्रदान गर्नुपरेको र गरिरहेको अवस्था छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)