सामाजिक सञ्जालमा किन भाइरल छन् रवि किशन ?
nepalsamaya.com · Tue Aug 11 08:17:00 GMT 2026

काठमाडौं- भारतीय अभिनेता, गायक तथा सांसद रवि किशन पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा लगातार चर्चामा छन्। उनका पुराना अभिव्यक्ति, गीतका अंश, चलचित्रका दृश्य र सार्वजनिक कार्यक्रममा देखिएको फरक शैली फेरि चर्चामा आएपछि उनलाई सामाजिक सञ्जालमा ‘भाइरल म्यान’ भन्न थालिएको छ।
रवि किशनका केही अभिव्यक्ति यस्ता छन्, जसले मानिसलाई हँसाउनेदेखि अचम्मित बनाउनेसम्म गरेका छन्। ‘मरेपछि आफ्नै चिता जल्दा आनन्द आउन सक्छ ?’, ‘कपडा पनि दूरनियन्त्रणबाट उठाउन सकिन्छ ?’, ‘नामको पछि लागे पैसा आफैँ दौडिएर आउँछ’, ‘मुखले बोलेर पनि मौन व्रत बस्न सकिन्छ ?’ जस्ता उनका अभिव्यक्ति अहिले फेरि सामाजिक सञ्जालमा व्यापक रूपमा 'मिम' बनेर फैलिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)