इरानको डरले ट्रम्पले ‘नाटक’ गरेको खुलासा
barnanmedia.com · Tue Aug 11 08:06:42 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो महिना टर्कीबाट बेलायत जाने क्रममा गोप्य रूपमा एउटा सानो सैन्य विमान प्रयोग गरेको खुलासा भएको छ । इरानबाट ट्रम्पको हत्या गर्ने धम्की आएपछि उनको यात्राको सम्पूर्ण योजना परिवर्तन गरिएको अमेरिकी अखबार वासिङटन पोस्टको रिपोर्टमा उल्लेख छ ।
टर्कीको राजधानी अंकाराबाट प्रस्थान गर्ने क्रममा ट्रम्प पुरानो एयरफोर्स वानमा सवार भएका क्यामेरामा देखिएको थियो । त्यसपछि उनलाई विमानस्थलमा सामान र खाना पुर्याउने केटरिङ गाडीमार्फत गोप्य रूपमा सानो सैन्य विमान सी–३२ए सम्म पुर्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)