झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउदेखि राज्यव्यापी बन्दसम्म
kalakarmi.com · Tue Aug 11 08:15:27 GMT 2026

काठमाडौं- भारतको झारखण्डमा परीक्षा तथा सरकारी कर्मचारी भर्ती प्रक्रियामा कथित अनियमितताको विरोधमा विद्यार्थी तथा रोजगारीका आकांक्षीको आन्दोलन चर्किएको छ । आन्दोलनकै क्रममा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले मंगलवार पुरानो विधानसभादेखि नयाँ विधानसभासम्म विरोध प्रदर्शन गरेको छ ।
झारखण्ड लोकसेवा आयोग (जेपीएससी) र झारखण्ड स्टाफ सेलेक्सन कमिसन (जेएसएससी) का परीक्षार्थीले लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । विशेषगरी जेएसएससीको संयुक्त स्नातक तह (सीजीएल) परीक्षा रद्द गर्नुपर्ने, परीक्षामा भएको भनिएको अनियमितताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट छानबिन गर्नुपर्ने तथा सरकारी भर्ती प्रक्रियामा सुधार गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)